प्राचीन दक्षिण एशियाली सभ्यता र नदी प्रणाली

हिमयुग, सरस्वती नदी र दक्षिण एशियाको प्राचीन ज्ञान

मानव सभ्यताको उत्पत्ति र प्राचीन ज्ञानको विकासबारे पश्चिमी दृष्टिकोणलाई चुनौती दिँदै, हिमयुग, सरस्वती नदीको भूवैज्ञानिक इतिहास, र ancient DNA अनुसन्धानका आधारमा वैदिक सभ्यताको दक्षिण एशियाली मौलिकता र प्राचीनताबारे एक गहन विश्लेषण।
विस्तृतमा पढ्नुहोस्
तराई-मधेश क्षेत्रमा गहिरिँदै गएको साम्प्रदायिक संवेदनशीलता

इस्लामिकरण, इसाइकरण, धार्मिक सामाजिक बिग्रह र द्वन्द बढाउन सक्रिय नागरिक समाज र नेपाली सञ्चारजगत

हालै सुनसरीको कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनाव र झडपले तराई-मधेशमा गहिरिँदै गएको साम्प्रदायिक संवेदनशीलतालाई पुनः सतहमा ल्याइदिएको छ। विगत एक दशकको तथ्याङ्क अध्ययन गर्दा यस्ता द्वन्द्वहरू नियमित प्याटर्नका रूपमा दोहोरिइरहेका देखिन्छन्।
विस्तृतमा पढ्नुहोस्
श्री ५ बडामाहाराजाधिराज पृथ्वी नारायण शाह

पृथ्वीपथ :

पृथ्वीपथः नेपालको मार्गदर्शक सिद्धान्त । श्री ५ महाराजाधिराज ज्ञानेद्र वीर विक्रम शाह देवबाट बि.स. २०८२ सालको नयाँ बर्षको उपलक्ष्यमा बक्स भएको शुभकामना सन्देशमा अन्य विषयका साथै दुईवटा सोचनीय कुरा उल्लेख गरिबक्सेको थियो। ती मध्ये एउटा “राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ?” भनेर प्रश्न गर्दै देशको राजनीतिक मार्गदर्शक सिद्धान्त पृथ्वीपथ हुन पर्ने भन्ने सन्देश गरिएको छ।
विस्तृतमा पढ्नुहोस्
श्री ५ महेन्द्र वीर विक्रम शाह

राजा महेन्द्रले नेपालमा गरेका विकासका काम :

नेपालको इतिहासमा राजा महेन्द्र वीर विक्रम शाह देवको शासनकाल (विक्रम संवत् २०१३-२०२८) एक अत्यन्त महत्त्वपूर्ण र दूरगामी परिवर्तनकारी अवधिका रूपमा अंकित छ। विशेषगरी, विक्रम संवत् २०१७ देखि २०२८ सालसम्मको दशक नेपालको आन्तरिक स्थायित्व, राष्ट्रिय एकता सुदृढीकरण, तथा देशको भौतिक, राजनीतिक, सामाजिक, शैक्षिक, साहित्यिक, र सांस्कृतिक विकासका लागि अद्वितीय र निर्णायक समयका रूपमा रहेको पाइन्छ।
विस्तृतमा पढ्नुहोस्
वेदान्त दर्शन: परमसत्यको अन्वेषण र आचार्यहरूको व्याख्या

वेदान्त दर्शनः हिमवत् खण्डमा भारतीय चिन्तन परम्पराको गहन धारा

वेदान्त दर्शनको गहन अध्ययनः शंकराचार्यको अद्वैत, रामानुजाचार्यको विशिष्टाद्वैत र चैतन्य महाप्रभुको अचिन्त्य भेदाभेद तत्त्वको तुलनात्मक विश्लेषण
विस्तृतमा पढ्नुहोस्
Nepal's political analysis landscape dominated by outdated narratives

THE INTELLECTUAL WALL: WHY NEPAL'S SO CALLED VETERAN ANALYSTS ARE SPREADING FALSE NARRATIVE?

The recent Gen Z protests exposed the deep hypocrisy of Nepal's intellectual class and their systematic false narratives. Veteran analysts like Krishna Khanal, Khagendra Sangraula, and others have dominated public discourse with outdated frameworks that hide foreign influence and protect political establishments.
विस्तृतमा पढ्नुहोस्
भदौ २३ को नरसंहारमा नेपाली कांग्रेसको भूमिका

नरसंहारको मुख्य योजनाकार नेपाली कांग्रेस

भदौ २३ को जेन जेड प्रदर्शनमा भएको नरसंहारको मुख्य योजनाकार नेपाली कांग्रेस नै हो। नेकाले गृह मन्त्रालयको नियन्त्रण राखेर सुरक्षा बलहरूको दुरुपयोग गर्दै १९ बालबालिकाको हत्या गरायो।
विस्तृतमा पढ्नुहोस्
भदौ २४ मा आगलागीमा ध्वस्त हुँदै गरेको सिंहदरबार।

सैनिक छाउनिमा लुकेर राष्ट्रपति पौडेलले किन जलाउन दिए सिंहदरबार? किन खरानी बनाए देश?

२०८२ साल भदौ २३ र २४ का दिनहरु नेपालको आधुनिक इतिहासमा कालो दिनका रुपमा स्मरण गरिने छन्। नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कसरी देशमा ७५ जना नागरिकको हत्या हुन दिए र सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म जल्न दिएर देशलाई खरानीमा परिणत गरे भन्ने प्रश्न आज पनि इतिहासको निर्मम आलोचनाको विषय बनेको छ।
विस्तृतमा पढ्नुहोस्
भदौ २४ मा आगलागीमा ध्वस्त हुँदै गरेको सिंहदरबार।

प्रदर्शनकारीहरुले सिंहदरबार जलाउनुको कारण

२०८२ सालको भाद्र २३ गते अपराह्न हजारौं नेपाली नवयुवाहरू काठमाडौंको नयाँ बानेश्वर नजिक, विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र आर्थात् अहिले संसदभवन परिसर छेउका सडकमा सरकार बिरुद्ध प्रदर्शन गर्न जम्मा भएका थिए। जेनेरेसन जेड् (generation Z) अर्थात् ‘जेनजि’ भनिने पुस्ताका मानिने युवाहरुले आयोजना गरेको भनिएको उक्त प्रदर्शनमा १३ वर्षका बालकदेखि २८ वर्षसम्मका युवाहरू सामेल हुने भनिएको थियो। राजनीतिक दल र संचारमाध्यमले यो युवा पुस्तालाई ‘राजनीतिमा चासो नदिने’ र आफ्नै संसारमा रमाएर बस्ने पुस्ता भनेर ठान्ने र प्रायः उपेक्षा गर्ने गर्दथे।

देशमा ब्याप्त चरम भ्रष्टाचार, दन्डहिनता, राजनीतिक उच्छृङ्खलता र उदन्डता, देशमा रोजगारको न्युन अवसर र ज्यालादारि मजदुरीको लागि बढ्दो वैदेशिक पलायन, गिर्दो शैक्षिक गुणस्तर, र समाजमा राजनीतिक उच्च पहुँचमा रहेका ब्यक्तिहरुको आडम्बरपूर्ण र अत्यधिक विलासी जीवनशैलीले देश दयनीय अवस्थातिर जाँदै थियो। त्यसमाथि राजनीतिक पदमा बसेका ब्यक्तिहरुले नागरिकहरुमाथि गरेका अभद्र तुच्छ शब्दवाण र हेपाहा प्रवृत्तिबाट जो कोहि पनि हैरान र आजित भैसकेका थिए। नेपालमा आम सर्वसाधारण नागरिकले नागरिक बनेर गर्वपूर्वक स्वतन्त्र बाँच्न नै गाह्रो हुँदै गएको अवस्था थियो। देश र नागरिकको यस्तो दयनीय अवस्थालाई यो नव युवापुस्ताले अवलोकन र अनुवभ गरेका छैनन् भनेर ठान्नु नै ठुलो भूल थियो।

यसै परिवेशमा तत्कालिन नेपाली कांग्रेस र नेकपा एमालेको कम्युनिष्ट सरकारले सामाजिक संजाल बन्द गराउन सुरु गरेको थियो। यसको कारण सामाजिक संजाल कम्पनिहरु नेपालमा सूचिकरण गर्न नमानेका भन्ने देखाइए पनि सामाजिक संजालमा सरकारको भ्रष्टाचार र उदन्डताको बढ्दो आलोचना बन्द गराउने चालबाजि हो भनेर आम सर्वसाधारणले यसलाई षडयन्त्रको रुपमा बुझे। किनभने सामाजिक सञ्जाल नै भ्रष्टाचार उजागर गर्ने र सरकारको आलोचना गर्ने शक्तिशाली औजार बनेको थियो।
विस्तृतमा पढ्नुहोस्