नरसंहारको मुख्य योजनाकार नेपाली कांग्रेस

भदौ २३ को नरसंहारमा नेपाली कांग्रेसको भूमिका
भदौ २३ को नरसंहारमा नेपाली कांग्रेसको भूमिका

नरसंहारको मुख्य योजनाकार नेपाली कांग्रेस

नेपालमा हालै भदौ २३ गते "gen Z" को नाममा युवाहरुले गरेको भ्रष्टाचार विरोधि प्रदर्शनमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त कम्युनिष्ट सरकारले नरसंहार मच्चायो। सरकारले नयाँ बानेश्वरको सानो क्षेत्रमा नै करीब एक डेड घन्टामा १९ जना स्कूले बालबालिकाको हत्यार गर्‍यो भने सयौँ युवाहरुलाई गोली हानेर गम्भिर घाइते बनायो।

अहिले पनि यसको दोषि को हो त भन्ने आम बहस चलिरहेको छ। धेरैले तत्कालिन सरकारको प्रधानमन्त्रि केपी शर्मा ओलीलाई मुख्य जिम्वेवार बनाइरहेका छन्। तर हामीले साँचो रूपमा को जिम्मेवार छ भनेर हेर्ने हो भने केपी ओली जत्तिकै नेपाली कांग्रेस पार्टि र यसका मुख्य नेताहरुलेसमेत समग्रमा यो आम नरसंहार गराउनमा मुख्य भुमिका खेलेकाछन्।

यदि तत्कालिन सरकारको निर्माण प्रकृया, सरकार निर्माणका कारणहरु, सरकारमा शक्ति बाँडफाँडलाई र सरकार बनेपछि उक्त संयुक्त कम्युनिष्ट सरकारले गरेका अनेकौँ हत्कन्डा र विभिन्न प्रदर्शनमा सरकारले गरेका नियोजित जघन्य हत्याहरु नजिकबाट हेर्ने हो भने हामीले नेपाली कांग्रेस भदौ २३ गरेको नरसंहारको पनि मुख्य योजनाकार र कार्यान्वयनकर्ताको रुपमा पाउने छौँ।

हिंसामा सबैभन्दा ठूलो पार्टीको भूमिका

नेपालको पछिल्लो समस्या नेपालका दुई ठूला पार्टी नेका र नेकपा (एमाले) बीचको असामान्य सम्झौताबाट सुरु भएको हो। नेपाली कांग्रेससँग सबैभन्दा बढी सिट थियो र उसले सजिलै आफ्नै नेतृत्वमा सरकार चलाउन सक्थ्यो। तर नेकाले प्रधानमन्त्रीको पद के.पी. ओलीलाई दियो। यो सम्झौता नै नेकाका अध्यक्ष शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई भुटानी शरणार्थी प्रकरणमा सयौं नक्कली शरणार्थीलाई विदेश पठाएको अपराध र अन्य सबै भ्रष्टाचार तथा आपराधिक संलग्नताबाट जोगाउनका लागि गरिएको थियो।

नेकाले प्रजातन्त्रका लागि जे सही थियो त्यसलाई भन्दा आफ्नो लागि जे सजिलो थियो त्यही चुन्यो। यो सम्झौतामा, नेकाले गृह मन्त्रालय पद आफ्नै पार्टीसँग राखेर सुरक्षा बलहरूमाथि प्रमुख नियन्त्रण कायम राख्यो। यसले के.पी. ओलीको सरकारलाई बलियो बनाएजस्तो देखिए पनि खासमा नेकालाई सबैभन्दा शक्तिशाली प्रमुख खेलाडी बनायो। यो नै के.पी. ओलीसँग मिलेर नेकाले अपराधको यात्रामा चालेको पहिलो कदम थियो।

गृह मन्त्रालय: राज्य आतंकको केन्द्रबिन्दु

नेका दोषी हुनुको मुख्य कारणहरूमध्ये एउटा उनीहरूले गृह मन्त्रालयमा नियन्त्रण गर्नु हो। यो मन्त्रालय सबैभन्दा शक्तिशाली मन्त्रालय हो। यसले सबै नेपाल प्रहरि, शसस्त्र प्रहरि लगायतका प्रहरी सुरक्षा बलहरू नियन्त्रण र परिचालन गर्छ। साथै देशैभरिका सबै जिल्ला प्रशासन प्रमुखहरू (सीडीओ) लाई पनि नियन्त्रण गर्छ।

नेका-नेतृत्वको गृह मन्त्रालय र प्रधानमन्त्री के.पी. ओलीका कारण विसं २०८२ साल चैत १५ गते पनि भयानक हिंसा भइसकेको थियो। त्यो दिन भ्रष्ट प्रशासनको विरोध गरिरहेका शान्तिपूर्ण प्रदर्शनकारीमध्ये दुई जनालाई सरकारले हत्या गरेको थियो भने दर्जनौंलाई गम्भीर घाइते बनाएको थियो। त्यो समयमा पनि सरकारले करीब १.५ वर्ग किलोमिटर क्षेत्रभित्रका मानिसहरूलाई दमन गर्न तीन घण्टाभित्र एक हजार राउन्डभन्दा बढी घातक गोली र अश्रुग्यास प्रयोग गरेको खबर छ।

सरकारी रेकर्डअनुसार, उक्त दिन, चैत १५ गतेको शान्तिपूर्ण भेलामा करिब ४,००० प्रदर्शनकारी भेला भएका थिए, र प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न करिब ३,५०० प्रहरी परिचालन गरिएको थियो। यो घटनालाई नेपाली कांग्रेस र नेकपा (एमाले)को कम्युनिस्ट सरकारद्वारा गरिएको पूर्ण राज्य आतंकको रूपमा चित्रण गर्न सकिन्छ।

यस्तो स्तरको राज्य आतंक त अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूबाट पनि अपेक्षित गरिँदैन, तैपनि नेपाली कांग्रेस र नेकपा (एमाले) ले कुनै आतंकबादि संगठनले समेत गर्न नसक्ने स्तरको जघन्य अपराध गरेका थिए। उक्त समयमा पनि न त सञ्चार माध्यमहरूले न कुनै तथाकथित मानवअधिकार संगठनहरूले नै यस्तो राज्य आतंक विरुद्ध कुनै आवाज उठाए। बरु, सबैजसो सञ्चार माध्यम र नागरिक समाजका अगुवा नामका फण्डितहरुले सरकारको उक्त 'आतंकवादी' हर्कतको समर्थन र बचाउ गरे। त्यहि सरकारी आतंककारि हर्कतको अर्को चरम रुप थियो भदौ २३ गरेको आम नरसंहार। जसको योजना र नेतृत्व फेरी उहि नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त कम्युनिष्ट सरकारले गरेको थियो।

नेपाली कांग्रेस र नेकपा एमालेको अपराध सहयात्रा

प्रधानमन्त्री (एमाले) का नेता तथा प्रधानमन्त्रि केपि शर्मा ओली स्वयं भ्रष्टाचार र बेथितिको अनुहार थिए। तर नेकाका हरेकजसो उच्च नेताहरूले निरन्तर रुपमा केपी ओलीलाई साथ दिइरहे। भदौ २३ गते नेका र नेकपा (एमाले) कम्युनिस्ट सरकारले भयानक नरसंहार गरेपछि पनि नेकाका महामन्त्रि गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले सरकारबाट आफ्नो दललाई अलग्याउन कुनै पहल गरेनन्। यसले नै प्रस्ट देखायो उनीहरुमा स्वयं उक्त नरसंहारको लागि कुनै पनि रुपमा दुःखि थिएनन्।

त्यतिमात्र हैन। नेकाका कुनै पनि शीर्ष नेता— न पार्टी अध्यक्ष शेरबहादुर देउवा, न त गगन थापा वा विश्वप्रकाश शर्मा जस्ता अन्य शीर्ष नेताहरूले नै उक्त जघन्य नरसंहारमा गम्भिरता देखाए। तत्काल आफ्नो पार्टीलाई सरकारबाट बाहिरिन ल्याउने भन्ने कुरा त नेपाली कांग्रेसले सोचेको पनि थिएन। उनीहरुको आफ्नै दलको नेता रमेश लेखक गृहमन्त्रि थिए र यस नरसंहारको एउटा मुख्य योजनाकार पनि उनै गृहमन्त्रि रमेश लेखक थिए। यस हिसाबले कांग्रेस दलीय रुपमै उक्त नरसंहारको लागि जिम्मेवार थियो। यी सबैका बाबजुद कांग्रेस सत्ताबाट बाहिरिन खोजेन र उक्त नरसंहारको संस्थागत जिम्मेवारी स्विकारेको संकेत दियो।

गृहमन्त्री रमेश लेखकले भदौ २३ गते राती राजीनामा त दिए, तर यो गठबन्धन बचाउन र अर्को दिन अर्को संभावित नरसंहारको लागि तयारी गर्न अन्य नेकाका मन्त्रीहरूलाई आफ्नो जागिरमा कायम राख्ने उद्देश्यले गरिएको सानो चालजस्तो मात्र थियो। यो समयसम्म, प्रत्येक नेकाका नेता, नेकासँग सम्बन्धित मिडिया, र कुनै पनि कार्यकर्ता र मानवअधिकारकर्मीहरू नेपाली कांग्रेसलाई समर्थन गरिरहेका थिए। यसले पनि देखाउँछ नेपाली कांग्रेसम्बद्ध कसैलाई पनि भदौ २३ गतेको नरसंहारको दुःखभन्दा नेपाली कांग्रेस दल प्यारो थियो।

पुरै देश आक्रोशित हुँदा पनि नेकाले सरकार छोड्न अस्वीकार गर्‍यो। यसले उनीहरू मानव जीवनको वास्ता गर्नु भन्दा आफ्नो शक्तिशाली जागिर बचाउन र केपी ओलीसँगको अवैध राजनीतिक सम्बन्धबाट लाभ लिनमा बढी केन्द्रित थिए भन्ने प्रमाणित गर्छ। नेका-समर्थक पत्रकार र कार्यकर्ताहरूले पनि दोष पूरै प्रधानमन्त्री ओलीमाथि धकेल्ने प्रयास गरे। अझ कतिपयले त नरसंहार नेकाले गरेको थिएन, र नेकाका मन्त्री र नेताहरूको नरसंहारमा कुनै जिम्मेवारी थिएन भनेर अनौठा तर्क गरिरहेका थिए।

स्वार्थको अन्तिम नाङ्गो नाच

नेकाका यी हर्कतहरुले उनीहरूको ध्यान पूर्ण रूपमा आफ्नै स्वार्थमा थियो भन्ने प्रमाणित गर्छ। सरकारले नरसंहार गरेको भोलिपल्ट भदौ २४ गते विरोध प्रदर्शन हिंसक भयो र प्रदर्शनकारीहरूले राजनीतिक नेताहरूको घर जलाउन थाले। तर पनि नेकाका नेताहरूले सरकार छोडेका थिएनन्। उनीहरू के.पी. ओलीसँग टाँसिएका थिए।

जब नेकाका अध्यक्ष शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरे, तबमात्र के.पी. शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए र अज्ञात स्थानको सेनाको ब्यारेकमा भागे। यति भएपछि नेपाली कांग्रेस अब सरकारबाट बाहिरिरहनु परेन। तर आफ्नै संयुक्त सरकारको प्रधानमन्त्रि नै हेलिकप्टरको पुच्छर समातेर भाग्ने स्थिति आउँदा र आफ्नै दलका अधिकांश नेताहरु ज्यान जोगाउन भूमिगत हुनेपर्ने स्थिति आउँदा पनि नेपाली कांग्रेसका कुनै पनि नेताले सरकारको आतंकवादी कार्य विरुद्ध बोलेनन्। किनभने त्यो नेकाले डिजाइन र कार्यान्वयन गरेको कार्य थियो।

घटनाक्रमहरुले स्पष्ट पारेको छ विद्यार्थीहरूको आमनरसंहार गर्दा नेकाले सरकार छोडेन। आक्रोसित भिडले उग्र तोडफोड र आगजनि सुरु गर्दा पनि नेकाले सरकार छोडेन। आफ्नै नेताहरू खतरामा पर्दा पनि नेकाले सरकार छोडेन। नेका अध्यक्ष देउवामाथि आक्रमण हुनुअघि, नेका अझै पनि प्रधानमन्त्री ओलीसँग सर्वदलीय वैठकमा बस्न आतुर थियो। उसले देशमा भैरहेको यो ठुलो अशन्तुस्टि र बिग्रहलाई ध्यान नै दिइरहेको थिएन। यसले पनि देखाउछ, नेपाली कांग्रेसका नेताहरु आफ्नो अपराध र भ्रष्टाचार लुकाउन केपी ओलीको सरकारलाई निरन्तरता दिन चाहन्थे।

यसले के प्रमाणित गर्छ भने नेपाली कांग्रेसका लागि उनीहरूले गरेको राज्य आतंकको कुनै नैतिक सीमा थिएन। उनीहरू नेकपा (एमाले) को एउटा हिस्सा मात्र थिए। यसले नेकाका कार्यकर्ता र नेताहरू नेकपा (एमाले) का कार्यकर्ता मात्र थिए भन्ने देखायो। नेका र नेकपा (एमाले) जुम्ल्याहा दाजुभाइजस्ता थिए। उनीहरू एउटै आत्मा र एउटै भावना भएका दुई शरीरमात्र हुन्।

निष्कर्षः नेपाली कांग्रेस नरसंहारको मुख्य साझेदार

जेन-जेड विरोध प्रदर्शनका क्रममा जे भयो, त्यसले नेपाली कांग्रेसले युवाहरू विरुद्धको नरसंहार डिजाइन गर्‍यो, सहयोग गर्‍यो, अनुमति दियो र त्यसलाई कार्यान्वयन गर्ने सीधा आदेश दियो भन्ने देखाउँछ। नेपाली कांग्रेसले गृह मन्त्रालयमाथि नियन्त्रण राख्यो। त त्यसैको आडमा अत्यधिक बल प्रयोग गरेर सरकार विरुद्धको हरेक विरोधलाई दमन गर्न मन्त्रालयको शक्ति प्रयोग गर्‍यो।

भदौ २३ र २४ गतेको नरसंहार र हिंसापछि, नेकाका मुख्य नेताहरू मौन रहे र पार्टीभित्रको आफ्नै शक्ति संघर्षमा केन्द्रित भए। उदाहरणका लागि, गगन थापा पीडितहरूलाई न्याय दिलाउनुको सट्टा मिसन सभापति र मिसन प्रधानमन्त्रीको अभियानमा लागेको देखिन्छ। यसले गगन थापाको चरम स्वार्थ र आपराधिक मानसिकताका प्रस्ट्याउछ।

नेपाली कांग्रेस अपराधीहरुको सरकारमा सामेल मात्र भएन; उसले सरकारको तर्फबाट नागरिकबिरुद्ध गरिएका हरेक नरसंहारको लागि आफुलाई अग्र भागमा उभ्याएर आफुलाई नरसंहारको त्यसैले पनि देखाउछ भदौ २३ गतेको वास्तविक अपराधी नेपाली कांग्रेस पार्टी पनि हो जसले राज्यको सबैभन्दा रक्तपातपूर्ण अपराधको लागि आफुलाई स्वस्फुर्त रुपमा नेतृत्वदायि भुमिकामा राख्यो। त्यसैले नेपाली कांग्रेस र यसका सबै नेताहरू नेकपा एमालेका नेताहरु जत्तिकै अपराधी हुन्।

प्रत्येक नेपाली कांग्रेसका नेता र समर्थकको हातमा बालबालिकाको रगत छ र प्रत्येक नेपाली कांग्रेसका नेता र समर्थकहरु बालबालिकाको मृत शरीरमाथि उभिरहेका छन्।