सैनिक छाउनिमा लुकेर राष्ट्रपति पौडेलले किन जलाउन दिए सिंहदरबार? किन खरानी बनाए देश?

भदौ २४ मा आगलागीमा ध्वस्त हुँदै गरेको सिंहदरबार।
भदौ २४ मा आगलागीमा ध्वस्त हुँदै गरेको सिंहदरबार।

२०८२ साल भदौ २३ र २४ का दिनहरु नेपालको आधुनिक इतिहासमा कालोदिनका रुपमा इतिहासले सम्झिने छ। नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कसरी केहि घन्टाभित्रमा ७५ जना नागरिकको हत्या हुन दिए, र ऐतिहासिक प्रतिष्ठित सिंहदरबार तथा सर्वोच्च अदालतसमेत जल्न दिएर देशलाई खरानी बनाएर देशको इतिहासलाई मेट्न अनुमति दिए, इतिहासले निर्मम आलोचना गर्नैपर्छ।

विद्रोहको सुरुवात
भदौ २३ गते नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त कम्युनिष्ट सरकारले युवाहरुको शान्तिपूर्ण प्रदर्शनलाई क्रूरतापूर्वक दमन गर्दै कम्तीमा १९ जना स्कुले विद्यार्थीको तत्काल हत्या गर्‍यो भने सयौँ युवाहरुलाई गोली हानेर गम्भिर घाइते बनायो। यस घटनाले नागरिकमा पिडामात्र दिएन, कांग्रेस–एमालेको कम्युनिष्ट सरकारविरुद्ध राष्ट्रव्यापी आक्रोश जन्मायो।

त्यसको भोलिपल्ट, भदौ २४ गते काठमाडौँ चरम तोडफोड, लुटपाट, आगजनी र अराजकतामा लपेटियो। देशभर हज्जारौँ सार्वजनिक तथा निजी सम्पत्ति जलेर खरानी भए। सिंहदरबार, संसद भवन, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री निवास, मन्त्रीहरूको सरकारी निवास र सर्वोच्च अदालत परिसरजस्ता प्रतिष्ठित भवनहरू ध्वस्त भए। तर देशको सर्वोच्च पदमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल देश जलिरहँदा आफु पत्नीसहित सैनिक ब्यारेकको सुरुङमा लुकेर बसे र देश जलेको धुवाँलाई तमाखुको धुवाँ सम्झिएर आनन्द लिए।

राष्ट्रपति पौडेलको देश बिरुद्ध अक्षम्य गद्धारी
जनताका लागि अझ स्तब्ध पार्ने कुरा त राष्ट्रपति रामचन्द्र पौडेलको पूर्ण मौनता, घोर असफलता र कुनियत थियो। प्रधानमन्त्री के.पी. शर्मा ओलीले राजीनामा दिएर भागेपछि राष्ट्रपति मात्र आधिकारिक प्रमुख बाँकी थिए — जसले नेतृत्व दिन सक्थे। तर उनले मौन रहँदै सेनालाई परिचालनको आदेश पनि दिएनन्। देश जलेको समयमा नेतृत्वविहीन बनाइयो।

युवाहरुले गरेको शान्तिपूर्ण विरोध भ्रष्ट्राचार, बेथिति र नागरिकमाथिको चरम हेपाहा प्रवृत्तिविरुद्ध थियो। तर सरकारले भीड नियन्त्रणको सट्टा गोली बर्षाउने आदेश दियो — जसले १९ बालबालिकाको ज्यान लियो। भोलिपल्ट देशभर आक्रोशित भीडले नेताका घर, सरकारी भवन र उद्योगहरूमा आगजनी गर्‍यो। यो नेपालकै इतिहासमा सबैभन्दा ठूलो अराजकता बन्यो।

नेतृत्वविहीन राष्ट्र र षड्यन्त्रकारी राष्ट्रपति
प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रपति पौडेलले न त कामचलाउ सरकार तोके, न त आपतकाल घोषणा गरे। उनले देशलाई पूर्ण सत्ता शून्यतामा छाडिदिए। आफु सैनिक ब्यारेकमा गएर बसे र देशलाई जल्न दिए। यो केवल राजनीतिक असफलता होइन — संवैधानिक अपराध र राष्ट्रघात थियो।

जब इतिहास जल्यो, राष्ट्रपति मौन रहे
सिंहदरबार, सर्वोच्च अदालत र ऐतिहासिक भवनहरू आगोमा जलिरहँदा राष्ट्रपति पौडेलले कुनै आदेश दिएनन्, कुनै बैठक गरेनन्, कुनै सम्बोधन गरेनन्। संविधानअनुसार देशको अन्तिम कमान्डर भएर पनि उनले एक वाक्य बोलेनन्। उनले देश जलेको धुवाँलाई तमाखुको धुवाँ सम्झे।

उनको निष्क्रियता नेपालको लागि अक्षम्य विश्वासघात हो। उनले देशलाई बचाउने अवसर त्यागे र केवल आफ्नै सुरक्षामा केन्द्रित भए। जनतालाई सम्बोधन नगरी, सेना परिचालन नगरी, राष्ट्रपतिले इतिहासमै पहिलो पटक आफ्नो कर्तव्यबाट पूर्ण पलायन गरे।

असंवैधानिक कार्य र झूट
केहि दिनपछि उनी देखा परे — शोक मनाउन होइन, संविधान बाहिरबाट नयाँ प्रधानमन्त्री नियुक्त गर्न। यो संवैधानिक उल्लङ्घन थियो। तर उनले निर्लज्जतापूर्वक “लोकतन्त्र बचाएको” दाबी गरे। सिंहदरबार र सर्वोच्च अदालत जल्दा मौन रहने व्यक्तिले कसरी लोकतन्त्र बचायो? उनी देशद्रोही हुन्, जसलाई तत्काल अनुसन्धान गरी कारबाही गर्नुपर्छ।

वास्तविक सत्य
रामचन्द्र पौडेल असफल राष्ट्रपतिको परिभाषा हुन्। उनी संवैधानिक प्रमुखका रूपमा, सेनाको कमान्डरका रूपमा, र एकताको प्रतीकका रूपमा असफल भए। उनको मौनता कायरता थियो, संयम होइन। उनको निष्क्रियता राष्ट्रघात थियो, नेतृत्व होइन।

भविष्यका लागि पाठ
नेपाल केवल आक्रोशित जनताको कारण जलेन। देश जल्यो किनभने सत्तामा रहेकाहरूले जिम्मेवारीपूर्वक काम गर्न अस्वीकार गरे। प्रधानमन्त्री भागे, राष्ट्रपति मौन रहे। सिंहदरबारको खरानीले सधैं सम्झाउनेछ — जब कायर र स्वार्थी नेतृत्व सत्ता पाउँछ, राष्ट्र एक रातमै खरानी बन्न सक्छ।