राजसभा (Rajsabha) को प्रथम अन्तर्राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न भएको छ।
राजसंस्था, हिन्दू अधिराज्य तथा नेपालको मौलिक सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण एवं प्रवर्द्धनका लागि समर्पित राजसभाको प्रथम अन्तर्राष्ट्रिय भेला विशाल सहभागिता र उत्साहका साथ सम्पन्न भयो। यस ऐतिहासिक भेलामा सहभागी तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक धन्यवाद।
हाम्रो साझा गन्तव्य नेपालमा श्री ५ महाराजाधिराजको पुनःसिंहासनारोहण गराउने र नेपालको मौलिक पहिचानको रूपमा रहेको हिन्दू अधिराज्यलाई पुनः स्थापना गर्नु हो। यस राष्ट्रिय गौरवको महाअभियानमा तपाईंको सक्रिय सहभागिता र साथको अपेक्षा गर्दछौँ।











.png)









