हिमयुग, सरस्वती नदी र दक्षिण एशियाको प्राचीन ज्ञान

प्राचीन दक्षिण एशियाली सभ्यता र नदी प्रणाली
प्राचीन दक्षिण एशियाली सभ्यता र नदी प्रणाली
मानव सभ्यताको उत्पत्ति र प्राचीन ज्ञानको विकासबारे लेखिएको इतिहास लामो समयसम्म मुख्यतः पश्चिमी एशिया, युरोप र भूमध्यसागरीय क्षेत्रका पुरातात्त्विक तथा लिखित प्रमाणका आधारमा निर्माण हुँदै आएको छ। यस क्रममा दक्षिण एशियालाई प्रायः बाहिरबाट मानिस, भाषा र संस्कृति आएका कारण विकसित भएको क्षेत्रका रूपमा व्याख्या गर्ने प्रयास भएका छन्। उन्नाइसौँ शताब्दीमा विकसित भएको तथाकथित “Aryan Invasion Theory” यसको एउटा प्रमुख उदाहरण हो।

तर पछिल्ला दशकहरूमा पुरातत्व, paleoclimatology, palaeohydrology र ancient DNA मा भएको प्रगतिले प्राचीन दक्षिण एशियाको इतिहासलाई अझ जटिल बनाएको छ। विशेषगरी सिन्धु सभ्यता, सरस्वती नदी, दक्षिण एशियाली जनसंख्याको genetic continuity र पछि देखिएको Steppe-related ancestry सम्बन्धी नयाँ प्रमाणले पुरानो “आर्यहरू आए, सिन्धु सभ्यता नष्ट गरे र स्थानीय मानिसलाई विस्थापित गरे” भन्ने सरल कथालाई चुनौती दिएको छ।

त्यसैले यहाँ मैले एउटा वैकल्पिक प्रश्न उठाउँन खोजेको छुः के दक्षिण एशिया केवल बाहिरबाट ज्ञान र संस्कृति ग्रहण गर्ने क्षेत्र थियो, वा हिमयुग अघिदेखि नै यहाँ विकसित भएका जनसंख्या, प्रविधि, धार्मिक प्रतीक र ज्ञान–परम्परा र समग्र सभ्यताले पछि पश्चिम तथा मध्य एशियातर्फ समेत प्रभाव पारेका हुन सक्छन्?



१. हिमयुग र मानव बसोबासको भूगोल

पछिल्लो हिमयुग (Last Glacial Period) लाई केवल ३० हजार वर्षअघिदेखि सुरु भएको घटना मान्नु वैज्ञानिक रूपमा सही हुँदैन। यसको प्रमुख अवधि करिब ११५ हजार वर्षअघिदेखि ११,७०० वर्षअिसम्म फैलिएको थियो। यसको सबैभन्दा चिसो चरणमध्ये Last Glacial Maximum करिब २४ हजारदेखि १८ हजार वर्षअघिको समय थियो।

त्यस समयमा उत्तरी अमेरिका र उत्तरी युरोपका विशाल भूभागमा अत्यन्त बाक्ला continental ice sheets फैलिएका थिए। आधुनिक New York क्षेत्र समेत Laurentide Ice Sheet को प्रभावमा थियो। त्यसैले आज हामीले सभ्यताको विकासका लागि सामान्य र अनुकूल मान्ने धेरै उत्तरी भूभागहरू त्यस समयमा अत्यन्त चिसो र कठोर वातावरणमा थिए।

तर यसको अर्थ सम्पूर्ण युरोप मानवविहीन थियो भन्ने होइन। दक्षिणी युरोपका केही क्षेत्र मानव refugia का रूपमा कायम थिए। त्यसैगरी उत्तर अमेरिकाका ice-free क्षेत्रहरूमा पनि केहि मानव उपस्थिति थियो भनेर मान्न सकिन्छ। तर तत्कालिन प्रतिकुल कठोर जलवायुको वातावरणमा ती स्थानहरुमा उच्च विकसित सभ्यता थियो भन्ने कुरा पत्यार लाग्दो हुदैन र उपलब्ध प्रमाणहरुले यहि देखाउँछ।

दक्षिण एशियाको अवस्था भने फरक थियो। हिमालयमा त्यस समयमा glacier हरू अहिलेभन्दा धेरै विस्तारित थिए। नेपालको हिमाली क्षेत्रमा Last Glacial Maximum का समयमा glacier expansion भएको प्रमाण प्रष्टै भेटिएका छन्। त्यसमा पनि जाडोको मौषममा हिमालयक्षेत्रभन्दा निकै दक्षिण भूभागहरुसम्म बाक्लो हिँउको उपस्थिति सहजै अनुमान गर्न सकिन्छ।

तर पनि यस हिमयुगमा दक्षिण एसियाका उल्लेख्य क्षेत्र मानव बसोबासका लागि अत्यन्तै उपयुक्त थिए। यसको अर्थ क्या हो भने हिमयुगले दक्षिण एशियालाई मानव बसोबासबाट समाप्त वा अयोग्य बनाएको थिएन। यो लामो हिमयुगमा पनि भारतीय उपमहाद्वीपको ठूलो भूभाग मानवबसोबासको लागि तुलनात्मक रूपमा निकै अनुकूल climatic zone मा पर्दथ्यो। यहाँ नदी, वन, घाँसे मैदान, उष्ण वातावरण र न्यानो र ओसिला समुद्री तटीय क्षेत्र थिए।

त्यसैले हिमयुगीन संसार र उक्त अवधिलाई हेर्दा दक्षिण एशिया मानव सभ्यता विकासका लागि महत्वपूर्ण क्षेत्र रहेको कुरा नकार्न सकिन्न।



२. हिमयुगीन दक्षिण एशिया र मानव बसोबास

त्यसैले मानव सभ्यताको इतिहासलाई केवल युरोप केन्द्रित औपनिवेशिक दृष्टिकोणबाट हेर्दा दक्षिण एशियाको अत्यन्त पुरानो मानव इतिहास ओझेलमा पर्न सक्छ।

भारतीय उपमहाद्वीपमा आधुनिक मानवको उपस्थिति अत्यन्त पुरानो छ। पछिल्लो genetic research ले आधुनिक दक्षिण एशियाली जनसंख्यामा अत्यन्त पुराना स्थानीय South Asian ancestry को मिश्रण देखाएको छ।

यसबाट दक्षिण एशियाको जनसंख्या कुनै एकपटकको बाह्य आक्रमण वा replacement को तिलस्मि कथा वा Aryan Invasion Theory को घेराभित्र नपर्ने स्पष्ट हुन्छ। यही कारणले प्राचीन दक्षिण एशियालाई “बाहिरबाट सभ्यता आएको क्षेत्र” मात्र मान्नु उचित हुँदैन।



३. सरस्वती नदीको प्रश्न

दक्षिण एशियाको प्राचीन इतिहासमा सरस्वती नदीको प्रश्न अत्यन्त महत्वपूर्ण छ। ऋग्वेदमा सरस्वती नदीलाई शक्तिशाली र विशाल नदीका रूपमा वर्णन गरिएको छ। उत्तर–पश्चिम भारतमा आजको Ghaggar-Hakra प्रणालीसँग सम्बन्धित विशाल palaeochannels पनि भेटिएका छन्।

Satellite imagery, sedimentology, groundwater research, geological studies तथा archaeological evidence ले उत्तर–पश्चिम भारतमा प्राचीन नदी प्रणालीको अस्तित्व देखाएका छन्।

हरप्पन क्षेत्रको ठूलो संख्या पनि यी पुराना नदी प्रणालीसँग सम्बन्धित क्षेत्रमा भेटिएको छ। Rakhigarhi, Kalibangan, Banawali लगायतका पुरातात्त्विक स्थलहरू Ghaggar-Hakra/Saraswati palaeochannel system सँग सम्बन्धित भूभागमा अवस्थित छन्। नदीको exact chronology र त्यसको वैदिक वर्णनसँगको सम्बन्ध अझै अनुसन्धानको विषय भए पनि ISRO को अनुसन्धान र अन्य धेरै अनुसन्धानहरुले ऋग्वेदमा बर्णन गरिएको सरस्वति नदीको बहाव क्षेत्र मोटामोटि पत्ता लगाएको पाइन्छ र यसमा सम्बन्धित धेरै अनुसन्धाताहरु सहमत देखिन्छन्।



४. सरस्वती नदी कति पुरानो?

Ghaggar palaeochannel सम्बन्धी एक महत्वपूर्ण भूवैज्ञानिक अध्ययनले यस नदी प्रणालीमा perennial flow का पुराना चरणहरू प्रष्ट देखाएको छ। अध्ययनले लगभग ८० हजारदेखि १८ हजार वर्षअघिसम्म perennial flow भएको सम्भावना देखाएको छ।

अर्को अध्ययनले Ghaggar-Hakra को ठूलो palaeochannel करिब ८ हजार वर्षअघिपछि सक्रिय रूपमा परित्याग भएको देखाएको छ।

यसकारण “सरस्वती नदी १८ हजार वर्षअघिसम्म अस्तित्वमा थिइन्” भन्ने दाबीलाई सम्भावित geological interpretation का रूपमा राख्न सकिन्छ।



५. सरस्वती र ऋग्वेदको कालक्रम

यहाँबाट एउटा अत्यन्त रोचक ऐतिहासिक प्रश्न उत्पन्न हुन्छ।

यदि ऋग्वेदमा वर्णित सरस्वती नदी वास्तवमै उत्तर–पश्चिम भारतमा रहेको कुनै विशाल नदी प्रणालीसँग सम्बन्धित हो भने, त्यस नदीको वास्तविक भूगोल र वैदिक ग्रन्थमा उल्लेखित बर्णन बीच कस्तो सम्बन्ध थियो?

यसका कम्तीमा तीन सम्भावना छन्।

पहिलो, ऋग्वेदमा उल्लेखित सरस्वती नदीको वर्णन उक्त नदी विशाल र प्रभावशाली अवस्थामा अस्तित्वमा रहेकै कालखण्डमा प्रत्यक्षदर्शीहरूको अनुभवका आधारमा रचना गरिएको हुन सक्छ। यदि वैज्ञानिक अध्ययनहरूले सरस्वतीसँग सम्बन्धित विशाल नदी प्रणाली करिब १८ हजार वर्षअघिसम्म अस्तित्वमा रहेको देखाउँछन् भने, ऋग्वेदमा वर्णित विशाल सरस्वतीको सम्बन्ध त्यस प्राचीन नदीसँग हुन सक्ने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन।

दोस्रो, नदी कमजोर हुँदै गएपछि वा आफ्नो पुरानो स्वरूप गुमाइसकेपछि पनि त्यसको स्मृति मौखिक परम्परामार्फत लामो समयसम्म पुस्तौँदेखि अनेकौँ पछिल्ला पुस्तासम्म हस्तान्तरण भएको हुन सक्छ।

तेस्रो, वैदिक परम्परामा सुरक्षित रहेका केही नदीसम्बन्धी स्मृतिहरू अत्यन्त प्राचीन हुन सक्छन् र तिनलाई विभिन्न पुस्ताले मौखिक परम्परामार्फत संरक्षण गर्दै पछिल्ला कालसम्म पुर्‍याएका र जस्ताको त्यस्तै रचना वा लिपिबद्ध गरिएका हुन सक्छन्।

तर यहाँ दोस्रो र तेस्रो सम्भावनामा पनि महत्वपूर्ण अर्को प्रश्न उठ्छ। यदि प्राचीन नदीको स्मृति हजारौँ वर्षसम्म मौखिक परम्परामा सुरक्षित रहन सक्छ भने, त्यसको स्वरूप र अवस्थासम्बन्धी वर्णन समयसँगै परिवर्तन हुनुपर्ने अपेक्षा पनि गर्न सकिन्छ। यही बिन्दुमा ऋग्वेदभन्दा पछिल्ला मानिने वैदिक ग्रन्थ, महाभारत र पुराणहरूमा सरस्वती नदीको वर्णनबीचको सम्भावित भिन्नता महत्वपूर्ण हुन सक्छ।

ऋग्वेदमा सरस्वती नदीलाई अत्यन्त विशाल, शक्तिशाली र प्रवाहमान नदीका रूपमा वर्णन गरिएको पाइन्छ। ऋग्वेदका केही ऋचाहरूमा सरस्वती नदीलाई पहाडबाट मैदानतर्फ बग्ने, विशाल जलप्रवाह भएकी र अत्यन्त महत्त्वपूर्ण नदीका रूपमा चित्रित गरिएको छ। यसको विपरीत, पछिल्ला वैदिक तथा पुराणहरुमा सरस्वती नदीको वर्णन क्रमशः कमजोर हुँदै गएको, केही स्थानमा लुप्त वा भूमिगत भएको र केही स्थानमा सानो वा क्षीण नदीका रूपमा बर्णन गरिएको पाइन्छ।

विशेषगरी महाभारतमा सरस्वतीसँग सम्बन्धित तीर्थहरूको वर्णन गर्दा नदीको प्रवाह विभिन्न स्थानमा हराउँदै गएको उल्लेख पाइन्छ। यसले सरस्वती नदीको भौगोलिक अवस्थासम्बन्धी एउटा सम्भावित कालक्रमतर्फ संकेत गर्दछ।

यदि यो पौराणिक बर्णनमा आएको परिवर्तन केवल कल्पना नभई वास्तविक भूगोलको कुनै पुरानो स्मृतिमा आधारित हो भने, यसले एउटा सम्भावना प्रस्तुत गर्छ। सम्भवतः एउटा समय सरस्वती विशाल र शक्तिशाली नदी थिइन्; त्यसपछि समयक्रममा उनको जलप्रवाह कमजोर हुँदै गयो; केही क्षेत्रमा नदीको सतही प्रवाह समाप्त भयो।

आधुनिक भूवैज्ञानिक तथा palaeohydrological अध्ययनहरूले पनि उत्तर–पश्चिम भारतीय उपमहाद्वीपमा सरस्वतीसँग सम्बन्धित हुन सक्ने विशाल palaeochannel अर्थात् प्राचीन नदी–मार्गहरूको प्रमाण प्रस्तुत गरेका छन्। यस कारणले प्राचीन ऋग्वेदमा वर्णित सरस्वती नदि वास्तवमै १८ हजार बर्षअघिकै विशाल नदीको कालखन्डकै बर्णन हो? त्यसो भए ऋग्वेदको रचना वास्तवमै १८ हजार पहिले नै भएको हो त?

यदि त्यसो हो भने, ऋग्वेदका केही अंशहरूको काल निर्धारण परम्परागत रूपमा मानिँदै आएको केहि हजार बर्षभन्दा धेरै पुरानो हुन सक्ने सम्भावनाबारे पुनर्विचार गर्नुपर्ने हुन्छ।



६. यदि वैदिक परम्पराका केही स्मृति अत्यन्त पुराना छन् भने?

यही प्रश्नले वैकल्पिक सिद्धान्तलाई जन्म दिन्छ:

* सरस्वतीजस्तो विशाल नदी प्रणाली अत्यन्त पुरानो समयसम्म अस्तित्वमा थियो।
* त्यस नदी आसपास मानव सभ्यता अत्यन्त समृद्ध थियो, किन कि त्यहि कालखण्डमा ऋग्वेदजद्तो महान पवित्र र गहन ग्रन्थको रचना भएको थियो।
* त्यहाँ जटिल सामाजिक तथा धार्मिक परम्परा विकास भएका थिए किन कि सामान्य लावारिस सभ्यतामा ऋग्वेदजस्ता ग्रन्थहरु रचना हुनसक्दैनन्।
* र ती परम्पराहरू पुस्तौँसम्म हस्तान्तरण भएका थिए।

यदि त्यसो हो भने हामीले दक्षिण एशियाको बौद्धिक इतिहासलाई नयाँ दृष्टिले हेर्नुपर्ने हुन्छ।

त्यस अवस्थामा दक्षिण एशियाको वैदिक वा धार्मिक ज्ञानको आधार धेरै पुरानो आफ्नै भूगोलको स्थानीय सभ्यता र cultural memory मा रहेको कुरोलाई अस्वीकार गर्न सकिँदैन।

र यहाँनेर आएर अठारौँ शताब्दिको वेलायति औपनिवेशिक सम्प्रभुता कायम राख्न रचना गरिएको Aryan Invasion Theory को तिलस्मि बनावटी कथालाई पछिल्ला अध्ययनहरुले प्रमाणसहित अमान्य ठहर गरेको देखिन्छ।