इस्लामिकरण, इसाइकरण, धार्मिक सामाजिक बिग्रह र द्वन्द बढाउन सक्रिय नागरिक समाज र नेपाली सञ्चारजगत

तराई-मधेश क्षेत्रमा गहिरिँदै गएको साम्प्रदायिक संवेदनशीलता
तराई-मधेश क्षेत्रमा गहिरिँदै गएको साम्प्रदायिक संवेदनशीलता
इस्लामिकरण, इसाइकरण, धार्मिक सामाजिक बिग्रह र द्वन्द बढाउन सक्रिय नागरिक समाज र नेपाली सञ्चारजगत हालै सुनसरीको कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनाव, झडप र त्यसपछिको सुरक्षा कारबाहीले तराई-मधेश क्षेत्रमा गहिरिँदै गएको साम्प्रदायिक संवेदनशीलतालाई पुनः सतहमा ल्याइदिएको छ। बोलबम यात्राको क्रममा ठुलो आवाजमा बजाइको भजन तथा धार्मिक प्रतीकको प्रयोगलाई लिएर सुरु भएको सामान्य विवादले हिंसात्मक रूप लिँदा प्रहरीको गोली लागेर एक हिन्दु युवाको मृत्यु भयो भने दर्जनौँ नागरिक घाइते भए।

त्यसपछि उत्पन्न अराजकतालाई नियन्त्रण गर्न स्थानीय प्रशासनले कर्फ्यू जारी गरे तापनि दुवै पक्षबाट तोडफोड, कुटपिट र घरपसल आगजनीका घटनाहरू रोकिएनन्। अन्ततः स्थिति सम्हाल्न सेना र व्यापक सशस्त्र प्रहरी परिचालन गर्नुपर्‍यो।

विगत एक दशकको तथ्याङ्क अध्ययन गर्दा तराईका कपिलवस्तु, सर्लाही, रौतहट, महोत्तरी, बाँके, सुनसरी र पर्सा जस्ता जिल्लाहरूमा धार्मिक जुलुस, बाजागाजा र मूर्ति विसर्जनका क्रममा यस्ता द्वन्द्वहरू "नियमित प्याटर्न" का रूपमा दोहोरिइरहेका छन्। यो कुनै आकस्मिक वा भवितव्य घटना नभएर दीर्घकालीन र अन्तरनिहित कारणहरूको परिणाम हो भन्ने स्पष्ट हुन्छ। तलको तालिका हेर्नुभयो भने पनि यो करा प्रष्ट हुन्छ। यी विवरणहरु सार्वजनिक रुपमा अनलाईनमा उपलब्ध फेसबुक पेज, टिकटक, युटुब, र विभिन्न संचार माध्यमहरुमा उपलब्ध सामाग्रिहरुको संकलन र संक्षेपिकरण गरिएको हो।
क्र.सं.मितिस्थानघटनाको कारण र विवरणपरिणाम / प्रभावअन्तरनिहित समस्याको सारांश
२०७३ असोज/कात्तिककपिलवस्तु (बसबरिया)दुर्गा पूजाको मूर्ति विसर्जन जुलुस स्थानीय मस्जिद अगाडिबाट लैजाने र बाजा बजाउने विषयमा मुस्लिम समुहद्वारा अवरोध र विवाददुई पक्षबीच हिंसात्मक झडप हुँदा १ जना हिन्दु युवाको मृत्यु, १०० भन्दा बढी मुस्लिम परिवार विस्थापितहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
२०७५ असोज/कात्तिकरौतहट (गौर/मुडवालवा)दुर्गा पूजाको मूर्ति विसर्जन गर्न जाने क्रममा स्थानीय मुस्लिम बस्ती नजिकै बाजा बजाएको भन्दै मुस्लिम समूदह द्वारा अवरोध र आक्रमणदुई पक्षबीच हिंसात्मक झडप, कुटाकुट र तोडफोड; गौर बजार क्षेत्रमा स्थानीय निषेधाज्ञा (Curfew) जारीहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
२०७५ असोज/कात्तिकमोरङ (सुनवर्षी / डायनिया)दुर्गा पूजाको मूर्ति विसर्जन जुलुस र छठ पर्वको पूर्वसन्ध्यामा बाजा बजाउने निहुमा मुस्लिम समुहद्वारा अवरोध र आक्रमणहिन्दु मुस्लिम समूहबीच कुटाकुट र तोडफोड र दोहोरो ढुंगामुढा, प्रहरीद्वारा अश्रुग्यास प्रहारहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
२०७६ भदौ/असोजरौतहट (ईशनाथ)स्थानीय हिन्दु पर्वको जात्रा/जुलुसको बाटोलाई लिएर मुस्लिम युवाहरुद्वारा आक्रमणहिन्दु मुस्लिम समूहबीच कुटाकुट र तोडफोड ढुंगामुढा र झडपपछि स्थिति नियन्त्रणमा लिन कडा कर्फ्यु जारीहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
२०७६ असोज/कात्तिकसर्लाही (मलंगवा – वडा नं. ३ र ४)मूर्ति विसर्जन (दुर्गा पूजा) को समयमा निकालिएको विषर्जन यात्रा मस्जिद अगाडिको बाटो गएको निहुमा मुस्लिम युवाद्वारा अवरोध र आक्रमणहिन्दु मुस्लिम समूहबीच कुटाकुट, ढुंगामुढा, ६ जना सुरक्षाकर्मी घाइते, मलंगवा नगरपालिका क्षेत्रमा कर्फ्यू जारीहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
२०७७ भदौ/असोजसर्लाही (मलंगवा)विश्वकर्मा पूजाको मूर्ति विसर्जन जुलुस मस्जिद नजिकैबाट जाँदा मुस्लिम समुहका युवाद्वारा अवरोध र विवाददोहोरो ढुंगामुढा र पसलहरूमा तोडफोड, स्थानीय प्रशासनद्वारा कर्फ्यु आदेश जारीहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
२०७७ फागुन/चैतकैलाली (टीकापुर / भजनी क्षेत्र)होली (फागु पूर्णिमा) खेल्ने क्रममा होलि खेल्ने समूहको धार्मिक आस्था र पोशाकलाई लिएर मुस्लिम समुहले जिस्क्याएपछि युवाहरूबीच कुटाकुटप्रहरीद्वारा दुवै पक्षका अभिभावक र अगुवाहरूसँग छलफल गराई स्थिति साम्यहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
२०७८ कात्तिक/मंसीरजनकपुरधाम (देवपुरा रुपैठा)छठ पूजाको घाट निर्माण तथा धार्मिक गतिविधिमा स्थानी मुस्लिम युवाहरुद्वारा अवरोध र भनाभनदुवै पक्षबीच कुटपिट र झडप, व्यापक सुरक्षाकर्मी परिचालनहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
२०७९ असोज/कात्तिकमहोत्तरी (जलेश्वर र भंगहा)हिन्दू सम्राट सेना/धार्मिक र्‍यालि मुस्लिम बस्ती नजिकै भएर जाने क्रममा मुस्लिम समुहबाट अवरोध, विवाद र झडपहिन्दु मुस्लिम समूहबीच ढुंगामुढा, दुबै तर्फका घरहरूमा तोडफोड, सुरक्षाकर्मि सहित दर्जन बढी घाइते, अनिश्चितकालीन कर्प्युहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
१०२०७९ कात्तिक/मंसीरबाँके (खजुरा र नरैनापुर)मन्दिर अगाडिको साउन्ड सिस्टमको आवाजलाई लिएर मुस्लिम र हिन्दु समुहबीच भनाभन र विवादहिन्दु र मुस्लिम दुबै पक्षका पसल तथा छाप्रामा आगजनीको प्रयास, शान्ति समिति गठन गरी स्थिति सामान्यहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
११२०८० असोजबाँके (नेपालगञ्ज)सामाजिक सञ्जाल (फेसबुक/रिल) मा मुस्लिम युवाले हिन्दु समुदाय बिरुद्ध आपत्तिजनक पोष्ट/कमेन्ट शेयर र भाइरलजुलुस, तोडफोड र ढुंगामुढा, कैयौँ दिनसम्म अनिश्चितकालीन कर्फ्यु आदेश जारीहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
१२२०८० चैतरौतहट (ईशनाथ) र पर्सा (वीरगञ्ज)सरस्वती पूजाको मूर्ति विसर्जनका क्रममा मुस्लिम समुहबाट बाटो अवरोध र विवादईशनाथको असर वीरगञ्जसम्म फैलिई प्रदर्शन, तोडफोड र वीरगञ्जमा कर्फ्यु जारीहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
१३२०८० चैतसुनसरी (भुटाहा) र मोरङ (विराटनगर)राम नवमीको अवसरमा निकालिएको र्‍यालिमा मुस्लिम समुहबाट अवरोध र उत्तेजक नारावाजिदोहोरो ढुंगामुढा र प्रहरीसँगको झडपमा दर्जनौँ घाइतेहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
१४२०८१ चैत / २०८२ वैशाखपर्सा (वीरगञ्ज)हनुमान जयन्तीको जुलुस मुस्लिम बस्ती नजिकबाट जाँदा मुस्लिम समूहबाट अवरोध र नारावाजिहिन्दु र मुस्लिमबीच झडप, ढुङ्गामुढा, दुबै तर्फ गरेर ४१ जनाभन्दा बढी घाइते, पसल तथा सवारी साधनमा आगजनी र तोडफोडहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
१५२०८२ पुस/माघधनुषा र पर्सा (वीरगञ्ज)सामाजिक सञ्जालमा मुस्लिम युवाबाट हिन्दू धर्मविरुद्ध आपत्तिजनक सामाग्री पोष्टहिन्दु समूदायबाट विरोध प्रदर्शन, तोडफोडको प्रयास, सुरक्षार्मीबाट अश्रुग्यास प्रहार र कर्फ्यु जारीसामाजिक सञ्जालमा मुस्लिम युवाद्वारा हिन्दु विरुद्ध घृणा
१६२०८२ माघ/फागुनरौतहट (सपगढा, गौर)हिन्दु युवाको विवाहको जन्ति लैजाने क्रममा बाटोमा मस्जिद अगाडि पुग्दा मुस्लिम समुदायबाट अवरोध र विवाददोहोरो ढुंगामुढा, सवारी साधन आगजनी, प्रहरी अधिकारीसहित ८ घाइते, कडा कर्प्यु जारीहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
१७२०८३ असार/साउनसुनसरी (कप्तानगञ्ज)बोलबम यात्राको क्रममा मन्दिर अगाडि डिजे बजाएको निहुमा विवाद र आक्रमणरातको समयमा ढुंगामुढा, प्रहरीको गोली लागेर १ जनाको मृत्यु, दर्जनौँ घाइते, ५ बजार क्षेत्रमा कर्फ्युहिन्दु समुदायका चाडपर्व तथा सांस्कृतिक गतिविधिमा मुस्लिम समुदायबाट भएको अवरोध र आक्रमण
घटनाका कारक र Triggering Factors
तराईमा भएका पछिल्ला १० बर्षका १७ वटा ठूला हिन्दु मुस्लिम द्वन्द्व र झडपहरूलाई विश्लेषण गर्दा निम्न मुख्य 'ट्रिगर' हरू देखिन्छन्:

ट्रिगर (Trigger) विवरण र प्रभाव
भौगोलिक र बाटोको विवादः हिन्दु समुदायका जात्रा, र्‍याली, विवाहको जन्ती वा मूर्ति विसर्जन जुलुस मस्जिद वा मुस्लिम बस्ती नजिकैको सार्वजनिक बाटो भएर जाँदा हुने अवरोध। यसमा मुस्लिमहरुले मुस्लिम बासोबासका क्षेत्र वा मस्जिद नजिक हिन्दुहरुका कुनै पनि गतिबिधिहरु गर्न नदिने नियत देखिन्छ। मन्दिर वा हिन्दुका धार्मिक कार्यक्रममा बजाइने भजनः हिन्दुहरुका विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा बजाइने भजनहरु ठुलो आवाजमा बजाइने र त्यसबाट मुस्लिम बस्तिमा असर पर्ने, ध्वनि प्रदुषण हुने भन्दै मुस्लिमहरुले बिरोध गर्ने र त्यसले झडप र द्वन्द्वको परिस्थिति बनेको देखिन्छ। तर हरेक मस्जिदबाट हरेक दिन हरेक घन्टा बिहान ४ बजेदेखि राति १०-११ बजेसम्म माइकबाट चर्को स्वरमा बजाइने अजानले हिन्दु समुदायमा पारेको असरका बारे कसैले सुनुवाइ गरेको पाइन्न। सामाजिक सञ्जालमा हिन्दु बिरोधि सामाग्रिः सामाजिक संजालका हिन्दु बिरोधि र सायद नियोजित उत्तेजक सामाग्री टिकटक, फेसबुक वा रिल्स मार्फत हिन्दु देविदेवताका प्रतिक र आस्थामाथि प्रहार। यस्ता घटना पछिल्लो समय २ पटक मात्र भए पनि यसमा मुस्लिमहरुले उनीहरुका अल्लाह वा जोकोहि बिरुद्ध त्यस्तै सामाग्रि सामाजिक संजालमा आएमा के प्रतिक्रिया आउछ भनेर उनिहरुले बिचार गरेको देखिन्न। यतिमात्र हैन, आफुलाई हिन्दु भन्ने तर हिन्दु बिरुद्ध संचार माध्यम र सामाजिक सञ्जालबाट बारम्बार विष बमन गर्ने, हिन्दु संस्कृति र देविदेवता बिरद्ध अफवाह फैलाउने कनकमणि दिक्षित, अमित ढकाल, मोहना अन्सारि, अमृता लम्साल उत्तमबाबु श्रेष्ठ, जीवन क्षेत्री वा यस्तै अनेक अतिबादि बाम कम्युनिष्ट पात्रहरु आज पनि निर्धक्क समाजमा हैकम चलाएरै बसेका छन्। अन्तरनिहित प्रश्न: यी माथि उल्लेखित कारणहरू सतही माध्यम (Triggers) मात्र हुन्। मूल प्रश्न यो हो कि—सार्वजनिक बाटोमा धार्मिक जुलुस निकाल्दा वा बाजा बजाउँदा अर्को पक्ष अर्थात मुस्लिम समुदाय किन आक्रामक र हिंसात्मक रूपमा प्रस्तुत हुन्छ? मुस्लिमहरुलाई डिजेबाट आउने क्षणिक ठुलो आवाज समस्या हो वा उनीहरुमा पछिल्लो दसक नियोजित र रणनीतिक रुपमा मदरसा र मस्जिदका माध्यमबाट टर्कि पाकिस्तान कतारदेखि बङ्गालादेशसम्मका पैसामा घुसाइएको अतिबाद समस्या हो? यो प्रश्न किन कोहि सोध्दैन?

सरकारी प्रतिक्रिया: अल्पकालीन उपचार र तदर्थवाद
हरेक मुस्लिम हिन्दु द्वन्द्व पश्चात् राज्यका संरचनाहरूले अपनाएको शैली परम्परागत र अस्थायी (Quick-fix) प्रकृतिको देखिन्छ: प्रशासकीय तदर्थवाद: कर्फ्यू, व्यापक प्रहरी परिचालन, र सेनाको उपस्थितिबाट स्थिति तत्कालका लागि नियन्त्रणमा ल्याउने र त्यसपछि कानमा तेल हालेर बस्ने। राजनीतिक असंवेदनशीलता: सरकार र राजनीतिक नेतृत्वले यस्ता बहुआयामिक धार्मिक-सामाजिक जटिलतालाई केवल "शान्ति सुरक्षाको तात्कालिक समस्या" का रूपमा मात्र हेरेका छन्। सर्वदलीय बैठक वा सद्भाव र्‍यालीहरू राजनीतिक औपचारिकता र झारा टार्ने माध्यम मात्र बनेका छन्। छानबिन समितिको सीमित दायरा: प्रशासनिक छानबिन समितिहरू प्रायः "कसले गोली चलायो" वा "कति क्षति भयो" भन्ने प्राविधिक प्रश्नमै सीमित हुन्छन्। यस्ता घटना पछाडिका सामाजिक-धार्मिक ध्रुवीकरण, भूराजनीतिक प्रभाव र स्थानीय जनसाङ्ख्यिक परिवर्तन, मुदरसा र मस्जिदमा मौलाइरहेको अतिबादिकरण जस्ता मूल कारणहरूको सूक्ष्म अध्ययन राज्यको प्राथमिकतामा परेको देखिदैन। मदरसाहरुमा आउने अनियन्त्रित फण्डिङ्बारे कसैले चासो राखेको देखिदैन। मिडिया, नागरिक समाज र "न्यारेटिभ" को संरचना यो घटनापछि सार्वजनिक वृत्त, सञ्चारमाध्यम र नागरिक समाजबाट आएका प्रतिक्रियाहरूलाई प्राज्ञिक र विश्लेषणात्मक दृष्टिकोणबाट हेर्दा तीनवटा मुख्य आयामहरू देखिन्छन्: क) "सद्भाव" को सरलीकृत व्याख्या बौद्धिक र सञ्चार वृत्तका एक थरी विश्लेषकहरू (जस्तै कनकमणि दीक्षित, अमित ढकाल, वसन्त बस्नेत, उत्तमबाबु श्रेष्ठ, अमृता लम्साल कृष्ण पहाडी, नारायण वाग्ले आदि) ले नेपालको परम्परागत सहिष्णुता र सामाजिक सद्भावमाथि बाह्य वा उग्रवादी तत्त्वले खलल पुर्‍याएको तर्क गर्ने गरेका छन्। उनीहरूका अनुसार हिन्दु उग्रवाद वा बाह्य प्रभाव (जस्तै भारतीय आरएसएस) को घुसपैठ यसको मुख्य कारण हो। तर, उनीहरु स्थानीय स्तरमा हिन्दु समुदायका धार्मिक अधिकार र पर्वहरू मनाउन पाउनुपर्ने मौलिक स्वतन्त्रताको पक्षलाई पूर्ण रूपमा उपेक्षा गर्ने आलोचना गर्दछन्। साथै हिन्दुहरुले निकाल्ने दुर्गा विषर्जन र्‍यालिलाई भारतीय आरएसएसको अतिवाद देख्ने दिक्षित ढकाल वाग्ले क्षेत्रीहरु मदरसमा मुस्लिम देशहरुबाट आइरहेको उच्च फण्डिङ्, मदरसमा पढाइने अतिबाद, मुसलमानबाहेक अन्यलाई काफिर करार गरेर मार्न उक्साउने कुरानी शिक्षाको बारे एक शब्द बोल्दैनन्। ख) शब्दावली र तटस्थताको बहस धेरैजसो मूलधारका सञ्चारमाध्यमहरूले घटनाको विवरण दिँदा "दुई समुदायबीच झडप" वा "अर्को पक्ष" जस्ता अस्पष्ट र अमूर्त शब्द प्रयोग गर्ने गरेका छन्। यसले घटनाको वास्तविक प्रकृति, दोषी पक्षको पहिचान र निष्पक्ष तथ्य सम्प्रेषणमा बाधा पुर्‍याएको छ। घटनाका वास्तविक कारक र पात्रहरूलाई स्पष्ट नाम नदिई ढाकछोप गर्दा पीडित पक्षमा झन् असन्तोष बढेको देखिन्छ। अझ सेतोपाटि जस्ता मिडियाहरु हिन्दु समुदायको नाम लिएर दानवीकरण गर्ने र मुस्लिम पक्षलाई "अर्को पक्ष" वा "अर्को समुदाय" भनेर नाम समेत नलिने र उनीहरुका अतिबादि हर्कतहरुका बारे केहि नलेख्ने उल्टै ढाकछोप गर्ने रणनीतिमा लागेका देखिन्छन्। ग) दोहोरो मापदण्ड र नियोजित आलोचना प्रगतिशील र अधिकारकर्मी भनिने वृत्त (जस्तै मोहना अन्सारी, अमृता लम्साल, सञ्जीव पोखरेल आदि) ले सनातन हिन्दु परम्पराका विकृति, जात व्यवस्था वा महिला अधिकारका विषयमा तिखो आलोचना गर्दै आएका छन्। हिन्दु महिलाको सिन्दुर पोतेदेखि हिन्दुहरुको मृत्युपछि गरिने संस्कारका बारेसमेत अनेक आलोचना गरेर यिनीहरु थाक्दैनन्। तर, तिनै अधिकारकर्मीहरू मुस्लिम समुदायभित्र विद्यमान लैङ्गिक विभेद (बुर्का, स्कार्फ तलाक), शिक्षाको अधिकारबाट मुस्लिम बालिकाहरूको वञ्चितीकरण, परिवार नियोजनको प्रतिबन्ध, वा अतिवादी धार्मिक शिक्षा जस्ता विषयमा प्रायः मौन बस्ने गरेको आरोप छ। यस्तो "छनोटपूर्ण मौनता" (Selective Silence) ले बौद्धिक वृत्तको निष्पक्षतामाथि नै प्रश्न उठाएको छ। यिनै ब्यक्तिहरु पाकिस्तानमा मुस्लिमहरुको मस्जिद र प्रार्थनका बारे प्रसंसा गरेर सेतोपाटिमा लामो लामो लेखहरु लेख्ने गर्दछन्।

दीर्घकालीन संरचनात्मक प्रश्नहरू
कप्तानगञ्ज घटनाले केवल तराईको शान्ति सुरक्षाको विषय मात्र नभई राष्ट्रिय सुरक्षा, भूराजनीति र जनसाङ्ख्यिकीय परिवर्तनका गम्भीर प्रश्नहरू खडा गरेको छ: [बाह्य स्रोत/फन्डिङ] –> [मदरसा/मस्जिदको तीव्र वृद्धि] –> [अतिवादी शिक्षा/काफिर न्यारेटिभ] –> [साम्प्रदायिक ध्रुवीकरण] १. मदरसा शिक्षा र जनसाङ्ख्यिक परिवर्तन विगत दुई दशकमा तराई क्षेत्रमा अनौपचारिक र दर्ता नभएका मदरसा तथा मस्जिदहरूको संख्यामा ठूलो वृद्धि भएको छ। २०७२ सालतिर करिब पाँच सयको हाराहारि रहेका मदरसाहरु अहिले करीब चार हजारको सङ्ख्यामा पुगेका छन्। यी संस्थाहरूमा पढाउने पाठ्यक्रम, पढाउने मौलवी, आर्थिक स्रोत (कतार, टर्की, पाकिस्तान वा बङ्गलादेशबाट आउने सम्भावित अनधिकृत फन्डिङ) र तिनले मुस्लिम युवा र बालबालिकाहरूमा पार्ने अतिवादी प्रभावबारे राज्यसँग कुनै स्पष्ट नियमन वा तथ्याङ्क छैन। यो लेखकले देखेको छ, मदरसमा गैह्र मुस्लिमहरु काफिर हुने भनेर सिकाएको। के अर्को समुदायलाई काफिर भनेर सिकाएर मार्न नष्ट गर्न बालबालिकालाई सिकाउने त्यस्ता मदरसाहरु आज कनकमणि अमित ढकालहरुको लागि उचित शिक्षालय लागेको हो? २. 'काफिर' न्यारेटिभ र गैर-मुस्लिमप्रतिको दृष्टिकोण यदि धार्मिक शिक्षण संस्थाहरूमा गैर-मुस्लिमहरूलाई 'काफिर' (नास्तिक वा गैर-विश्वासी) को रूपमा चित्रित गर्ने र तिनका धार्मिक गतिविधिहरूलाई अमान्य ठहर गर्ने शिक्षा दिइन्छ भने, त्यसले समाजमा सहअस्तित्व होइन, द्वन्द्व सिर्जना गर्छ। यस्तो अतिवादी सोचले आधुनिक राज्यको मर्ममाथि नै प्रहार गर्दछ। ३. अन्तर्राष्ट्रिय सन्दर्भ र वैश्विक अनुभव भारत, युरोप (बेलायत, फ्रान्स, जर्मनी), अमेरिका वा क्यानडा जस्ता गैर-मुस्लिम बाहुल्य देशहरूमा पनि बहुसांस्कृतिकता र मुस्लिम समुदायको समायोजनलाई लिएर उस्तै खालका सामाजिक बहस र तनावहरू देखिन्छन्। यसले के पुष्टि गर्छ भने—यो केवल नेपालको तराईको स्थानीय समस्या मात्र नभएर, वैश्विक स्तरमै इस्लामिक अतिवाद र आधुनिक बहुलवादी समाजहरूबीचको अन्तरक्रियाको जटिल स्वरूप हो। यसमा न त गैह्र मुस्लिमले मुस्लिमलाई प्रश्न गर्न सकेका छन्, न त मुस्लिम बौद्धिक बर्गले आफ्नै समुदायप्रति प्रश्न गर्न सकेका छन्।

निष्कर्ष
सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनालाई केवल एउटा स्थानीय झडपका रूपमा हेरेर पन्छाउनु राज्यका लागि घातक हुनेछ। तात्कालिक रूपमा कडा सुरक्षा व्यवस्था र कर्फ्यूले स्थिति सामान्य बनाए पनि दीर्घकालीन शान्तिका लागि निम्न कदमहरू अनिवार्य देखिन्छन्: राज्यको स्पष्ट नियमन: सबै प्रकारका धार्मिक शिक्षण संस्थाहरू (मदरसा, गुरुकुल, गुम्बा) को आर्थिक स्रोत, पाठ्यक्रम र गतिविधिलाई राष्ट्रिय शिक्षा प्रणाली र राज्यको निगरानीभित्र ल्याउनुपर्छ। कानुनको समान पालना: सार्वजनिक बाटो प्रयोग गर्ने, धार्मिक जुलुस निकाल्ने र चाडपर्व मनाउने अधिकार सबै नागरिकलाई समान रूपमा हुनुपर्छ। कुनै पनि समुदायले "हाम्रो क्षेत्र" वा "हाम्रो मस्जिद अगाडि" भन्दै अरूको नागरिक अधिकारमाथि बन्देज लगाउन पाउने छैन। पूर्वाग्रहविहीन बौद्धिक बहस: मिडिया, नागरिक समाज र राजनीतिज्ञहरूले "राजनीतिक रूपमा सही" (Politically Correct) देखिने, अल्पसङ्ख्यको तुष्टिकरणको लागि कथित अल्पसङ्ख्यकले सामुहिक रुपमा गर्दै आएका अपराधहरुलाई ढाकछोप गर्ने होडमा सत्यलाई मोड्ने वा दोहोरो मापदण्ड अपनाउने काम बन्द गर्नुपर्छ। समस्यालाई त्यसको वास्तविक नाम र स्वरूपमै स्वीकार गरेर मात्र वस्तुनिष्ठ समाधानमा पुग्न सकिन्छ।